Section 38
सुधार अवधि घटाउन वा छूट दिन सक्ने
(१) बाल अदालतको निर्णय बमोजिम बाल सुधार गृह, कुनै संस्था वा व्यक्तिको संरक्षण वा निगरानीमा बसेका बालबालिकाको व्यवहारमा सन्तोषजनक सुधार आएमा बाल कल्याण अधिकारीले त्यस्तो बालबालिकाको सुधार अवधि घटाउन वा छुट दिन बाल अदालत समक्ष सिफारिस गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको सिफारिस जाँचबुझ गर्दा सुधार अवधि घटाउन वा छुट दिन मनासिब देखिएमा बाल अदालतले बालबालिकाको बाँकी सुधार अवधि घटाउन वा छुट दिन सक्नेछ।